शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब घाटामा

काठमाडौं, २९ मंसिर । शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ घाटामा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१९ अर्ब १ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई रु.६ अर्ब ६३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ७५ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here