राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई पुनःवहाली गर्न अन्तरिम आदेश दिएको हो ।

आफुलाई अवैधानिकरुपमा हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

साथै अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेको नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्न नदिन आदेश दिएको छ ।

ओली सरकारले नियुक्त गरेका सिलवाललाई देउवा सरकारले गत कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here