थप २८० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र २७८२ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ६ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here