व्यापार घाटा ५७ प्रतिशतले बढ्यो

काठमाडौं, १ पुस । चालू वर्षको पहिलो चार महिनामै व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

चार महिनाको अवधिमा कुल ६५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६१.६ प्रतिशत बढी हो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here