चार महिनामा वैदेशिक अनुदान शून्य

काठमाडौं, १ पुस । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

बजेट वक्तव्यमा सरकारले वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा साउनदेखि असोज मसान्तसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको प्रतिवद्धतामात्र आएको छ । तर, अनुदान प्राप्ति भने शून्य छ ।

अनुदान दिने मुलुकको अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव परेका कारण अनुदान प्राप्ति शून्य भएको हुनसक्ने जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here