जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप हस्तान्तरण

काठमाडौं, १ पुस । जर्मन सरकारले कोभिड १९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ डोज खोप नेपाललाई हस्तान्तरण गरेको छ।

जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन् ।

मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज आज नै नेपाल आएको छ।

२१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो। यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here