गुडविल फाइनान्ससहित थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

काठमाडौं, १ पुस । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा संस्थाहरू आबद्ध भएका छन्।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप संस्थाहरु आबद्ध भएको जनाएको हो ।

‘ख’ र ‘ग’ वर्गका ७ वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्ध भएको र आजैदेखि डाइरेक्ट पार्टिसिपेण्टको रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको छ ।

आरटीजीएस प्रणालीमा थप भएका ‘ख’ वर्गको सप्तकोशी डेभलपमेन्ट बैंक लि., विराटनगर रहेको छ ।

‘ग’ वर्गमा वित्तीय संस्थामा गुडविल फाइनान्स लि काठमाडौं, गोर्खाज फाइनान्स लि काठमाडौं, बेष्ट फाइनान्स कम्पनी लि काठमाडौं, प्रोगेशिभ फाइनान्स लि., काठमाडौं,. रिलायन्स फाइनान्स लि., काठमाडौं र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि., ललितपुर रहेको छ ।

आरटीजीएस प्रणालीमा यसअघि नै २७ वटा वाणिज्य बैंक आबद्ध रहँदै आएको राष्ट्र बैंकले जनाएको छ । ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् ।

रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here