दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको परिसूचकमा हरियाली छाएको छ भने १२ समूहको परिसूचक राताम्मे भएका छन् । बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, सबैको लघुवित्त, तेह्रथुम पावर, सेन्टर फाइनान्स, कर्णली डेभलपमेन्ट बैंकसहित १ दर्जन कम्पनीको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here