थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त

काठमाडौं, १ पुस । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७८८ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here