धितोपत्र बोर्डले रजतजयन्तीको अवसरमा निकाल्यो १०० रुपैयाँको सिक्का

काठमाडाैं, १६ असार । नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाको रजतजयन्तीको उपलक्ष्यमा १०० सय रुपैयाँ दरको सिक्का निकालेको छ ।

बोर्डको रजतजयन्ती लोगो अंकित हुलाक टिकट तथा रजतजयन्ती स्मारिका सिक्का प्रकाशनगर्ने कार्यक्रमअनुरुप यस अघि हुलाक टिकटको सस्मरणार्थ आवरणमा टाँचा लगाई अनावरण गरी सकिएको छ ।

रजतजयन्तीको उपलक्ष्यमा बोर्डको अनुरोधमा नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले २९ मि.मि डायमिटरको ८.५ ग्रामतौल भएको कुप्रो निकेल धातुको रु १०० दरको सिक्का निष्काशन गरेको हो ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दे नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले कला, पर्यटन तथा राष्ट्रिय महत्वका विविध विषयहरुलाई नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने प्रचलन रहे बमोजिम धितोपत्र बजार नियमनकारी निकायको रजतजयन्तीको उपलक्ष्यमा यस्तो चादीको सिक्का निष्काशन गरिएको जानकारी गराउदै सो सिक्काको महत्वबारे समेत प्रकाश पारे ।

कार्यक्रममाबोर्डका अध्यक्ष डा. कार्कीले बोर्डको अनुरोध बमोजिम विशेष महत्वसाथ यस्तो सिक्का प्रकाशन गरेकोमा नेपालराष्ट्र बैंक, टक्सार महाशाखालाई धन्यवाद दिए । रजतजयन्तीको उपलक्ष्यमा निकट भविष्यमा २,५०० रुपैयाँ दरको सिक्का समेत निष्काशन गर्ने बोर्डले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here