कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २ पुस । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

बैकले लाभांस गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशत बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

त्यसैगरी नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने बैङ्कले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भएपश्चात् बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here