५ हजार डिजिटल सिग्नेचर जारी, ७७ जिल्लामै पुर्‍याउने तयारी

काठमाडौं २ पुस । नेपालमा हालसम्म ५ हजार डिजिटल सिग्नेचर जारी भएको छ ।

विभिन्न सरकारी कार्यालय र बैंक तथा वित्तिय क्षेत्रमा गरी सो बराबरको डिजिटल सिग्नेचर जारी भएको नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले जानकारी दिए ।

‘हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सबै विभाग र श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले नवीकरणका लागि निवेदन लिन अनिवार्य गरेको छ’ उनले भने ।

त्यसैगरी मेगा बैंकले १ हजार डिजिटल सिग्नेचर लिइसकेको छ । अन्य बैंकहरु समेत डिजिटल सिग्नेचर लिने प्रक्रियामा रहेको उनले बताए ।

त्यस्तै ८/१० नगरपालिकाले नक्सापासमा यसप्रकारको हस्ताक्षर लागू गरिसकेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजश्व विभागले डिजिटल हस्ताक्षरमा जाने प्रक्रिया शुरु गरेको उनले जानकारी दिए ।

सिंहका अनुसार कम्पनी रजिष्ट्रारले डिजिटल सिग्नेचर लिनका लागि कार्यविधि पनि तयार गरिसकेको छ । सूचना प्रविधिमा जनशक्ति नपुगेर ढिलाइ भएको जानकारी उसले हामीलाई दिएको छ ।

त्यसैले हामीले देशभरका ७७ जिल्लामा प्रतिनिधि रजिष्ट्रेसन अथोरिटि राख्ने प्रक्रियामा छौ । मुलुककै विकट ठाउँमा पनि हाम्रो प्रतिनिधि रहुन् भन्ने उद्देश्य हो ।देशका ७७ ओटै जिल्लमा डिजिट हस्ताक्षर पुर्याउन तयारी शुरु गरिएको समेत अध्यक्ष सिंहले जानकारी दिए ।

डिजिटल सिग्नेचर इमेल, क्रेडिट कार्ड र डिजिटल भुक्तानीजस्ता विद्युतीय डकुमेण्ट तथा गतिविधि प्रमाणीकरणका लागि प्रयोग गरिने एक किसिमको हस्ताक्षर हो ।

क्रिप्टोग्राफी टेक्नोलोजी प्रयोग गरेर यसको निर्माण गरिएको हुन्छ । क्रिप्टोग्राफी भनेको सन्देश पठाउने र पाउनेले मात्र त्यसलाई हेर्न मिल्ने गरी गरिने सुरक्षित सञ्चार विधि हो ।

यसमा तपाइले कसैलाई पठाएको सूचना बिचमा चोरी हुने वा ह्याक हुने सम्भावना हुँदैन । यसले गर्दा डिजिटल सिग्नेचरको प्रयोगबाट अनलाइनमा हुने कारोबार भरपर्दो र सुरक्षित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here