सेञ्चुरी कमर्सियल बैंकको लाभांस घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २ पुस । सेञ्चुरी कमर्सियल बैंकको लाभांस घोषणा गरेको छ ।

बैकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट बैंकले प्रतिशत ५.२५ बोनस सेयर र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद गरी कुल ७.५० लाभांश वितरण गरेको थियो ।

अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश १.४५ प्रतिशत कम हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here