आइतवार सार्वजनिक विदा

काठमाडौं, २ पुस । सरकारले पुस ४ गते आइतवार देशभरिका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‍मा सिफरिसमा गृहमन्त्रालयले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here