थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

काठमाडौं, २ पुस । पछिल्लो २४ घण्टामा देशभर २४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ४४५जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ३३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here