पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी निलम्बन

काठमाडौं, २ पुस । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी निलम्बनमा परेका छन् ।

सीइओ रेग्मीलाई पदीय हैसियतको दुरुपयोग गरेको आरोपमा पर्यटन मन्त्रालयले निलम्बन गरेको हो ।

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी भई नेपाल फर्किने क्रममा विमानस्थलको आगमन कक्षमा कत्तिक २० गते लफडा भएको थियो।

विमानस्थलमा रेग्मीले ड्युटी फ्रि मदिरा कोटाभन्दा बढी ल्याएको भन्दै कर्मचारीले रोकेका थिए।

विमानस्थलले रेग्मीलाई ५ हजार जरिवाना तिराएको थियो । रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको भन्दै रेग्मीलाई लिखित स्पष्टीकरण सोधिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here