पर्यटन प्रवद्धनको लागि मत्स्यनारायण मन्दिर-चन्द्रागिरीगढी पदयात्रा हुँदै

काठमाडौं, ३ पुस । आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यको साथ मत्स्यनारायण मन्दिर-चन्द्रागिरीगढी पदयात्रा हुने भएको छ ।

मत्स्यनारायण पर्यटन प्रवद्धन समितिको आयोजनामा पुस ४ गते आइतवार पदयात्रा हुन लागेको हो ।

ज्यापु दिवस, योमरी पुन्ही,धान्य पूर्णिमा,उधौली पर्वको अवसरमा आन्तरिक पर्यटन प्रवद्धनको लागि उक्त कार्यक्रम गर्न लागिएको आयोजक समितिका सल्लाहाकार नरेश देशारले क्लाउड पत्रिकालाई बताए ।

विहान ८ बजे मच्छेगाउँ मुल प्रवेशद्धारबाट शुरु हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका पदाधिकारी, चन्द्रगिरी नगरपालिकका जनप्रतिनिधी लगायतको सहभागिता रहनेछ ।

बाजासहित शुरु हुने पदयात्रा कार्यक्रममा नेवारी खानसहितको समावेशी खाजासेटले सहभागिहरुलाई स्वागत गरिने देशारले वताए ।

बजारबाट शुरु हुने उक्त पदयात्र भष्मेश्वर डाडाँहुँदै देउरालीमा पुगेर कार्यक्रम गर्दै चुनादेवी मन्दिर हुँदै मत्स्यगाँउ नै आएर उक्त कार्यक्रम समापन हुनेछ । कार्यक्रममा इच्छुकहरुले सहभागी हुन पाउनेछन् ।

आयोजकले १५० देखि २०० सहभागिको अनुमान गरेपनि त्यो संख्या अझैधेरै हुने अपेक्षा गरेको छ ।

मच्छेगाउँलाई पर्यटकिय गन्तव्यमा विकास गरौं! पर्यटनको माध्यम बाट समृद्ध र सुखी जीवन बिताऔं ! भन्ने उदेश्यको साथ गर्न लागिएको उक्त कार्यक्रममा अध्यक्ष श्याम श्रेष्ठ रहेका छन् भने समितिमा सुनैना आलेमगर, समिन केसी लगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here