मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, ४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन गरेको छ ।

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको चौँथो वार्षिक साधारण सभा पुस १९ गते, सोमबार, होटल पौवा, सिद्धार्थनगर ६, रूपन्देहीमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here