महालेखापरीक्षक शर्मा र विश्वबैंक उपाध्यक्ष एन्जेलो बीच भेट

काठमाडौं, १६ असार । महालेखापरीक्षक टंकमणि शर्मा दंगाल र विश्व बैंक समूहका उपाध्यक्ष तथा महालेखापरीक्षक एन्के डी एन्जेलो बीच औपचारिक भेटघाट भएको छ ।

महालेखापरीक्षकको कार्यालय बबरमहलमा उक्त भेटघाट भएको हो । उक्त कार्यक्रममा विश्व बैंकका ५ जना प्रतिनिधि र कार्यालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महालेखापरीक्षक शर्माले विश्व बैंक समूहका विश्व बैंक समूहका उपाध्यक्ष तथा महालेखापरीक्षक नियुक्त भएकोमा एन्के डी एन्जेलोलाई बधाई दिँदै कार्यालयको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागि भएकोमा धन्यवाद ज्ञापन समेत गरे ।

नेपालको सार्वजनिक वित्तीय व्यवस्थापन सुधारोन्मुख रहेको र यस क्रममा विश्व बैंकले प्रशस्त सहयोग गरेको समेत उनले उल्लेख गरे ।
त्यसैगरी विश्व बैंकको सहयोगमा संचालित एकीकृत वित्तीय व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गत महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण मापदण्डको समसामयिक सुधार, लेखापरीक्षणलाई थप प्रभावकारी बनाई गुणस्तर सुधार, लेखापरीक्षणमा संलग्न हुने कर्मचारीको क्षमता अभिवृद्धि लगायतका कार्यहरु भईरहेको जानकारी गराए ।

कार्यक्रममा उप–महालेखापरीक्षक रामुप्रसाद डोटेलले नेपालको संविधानमा भएको महालेखापरीक्षक सम्बन्धि व्यवस्था, कार्यालयकामूल्य मान्यता, दुरदृष्टि, गन्तव्य, संगठनात्मक संरचना, लेखापरीक्षणका विधि, प्रकृया, विद्यमान चुनौतिहरुका साथैविश्व बंैकले नेपालका सार्वजनिक आर्थिक प्रशासनमा गरेको सहयोग तथा सम्बन्ध लगायतका विषयमा प्रस्तुती दिए ।

सो अवसरमा विश्व बैंक समूहका विश्व बैंक समूहका उपाध्यक्ष तथा महालेखापरीक्षक एन्जेलोले महालेखापरीक्षकको कार्यालयले गर्ने सिस्टम अडिट ,लेखापरीक्षण प्रतिवेदनले औंल्याएको सुझाव कार्यान्वयनको अवस्था, कार्यमूलक लेखापरीक्षणबाट प्राप्त अनुभव तथा नतिजा सम्बन्धमा जिज्ञासा व्यक्त गरेकी थिइन् ।

उनको जिज्ञासाको सम्बोधन गर्दै महालेखापरीक्षक शर्माले तोकेको ढाँचामासम्पूर्ण सरकारी कार्यालयहरुले लेखा अभिलेख राख्नुपर्ने र दिएका सुझावको कार्यान्वयन सम्बन्धित निकायले गर्नुपर्ने व्यवस्था रहेको अवगत गराउँदै कार्यालयले सूचना प्रविधि सम्बन्धी सफ्टवेयर मध्ये नमूना छनौट गरी सिस्टम अडिट गर्दै जानकारी दिए ।