काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौं, ५ पुस । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन भएको छ। आजको तापक्रम अधिकतम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

काठमाडौंमा डिसेम्बर महिनामा अहिलेसम्मकै सबैभन्दा कम तापक्रम २.० डिग्री सेल्सियस मापन भएको छ । सन् १९९७ को डिसेम्बरमा काठमाडौं उपत्यकाको तापक्रम २.० पुगेको थियो। नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण हिउँदमा वर्षा तथा हिमपात हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here