एचआइडिसीएलको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, ५ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडडिसीएल) को सेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ४८ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ६८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको दशौँ वार्षिक साधारण सभा पौष २२ गते, बिहीबार कम्पनीको कार्यालय, हात्तीसार, काठमाडौँ अभौतिक रूपमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here