कपाल झर्ने समस्याबाट कसरी पाउने छुटकारा, निद्रा नपुग्नु एक कारण हो ?

काठमाडौं । कपालले मानिसको सुन्दरतामा निखार ल्याउँछ । सर्लक्क परेको कपाल भएका मानिसहरुको व्यक्तित्व नै आकर्षक देखिन्छ ।

त्यसैले कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत पनि गर्ने गर्छन् । तर, कहिलेकाँही अन्य कारणहरुले पनि कपालको समस्या निम्तन सक्छ ।

सरसफाइमा ध्यान दिन सकिएन भने कपाल राम्रो हुँदैन जसले तपाईंको लुक्समा पनि फरक पार्छ । त्यस्तै आजभोली सरसफाइमा ध्यान दिँदादिँदै पनि कपाल झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ ।

कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।

भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।

निद्रा नपुग्नु कपाल झर्नुको अर्को कारण हो । निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुग्छ ।

हालसालै गरीएको एक अध्ययन अनुसार, दैनिक करीब १०० वटा कपाल झर्नु सामान्य कुरा हो तर, तपाईंलाई त्यो भन्दा धेरै झरेको जस्तो लाग्छ भने त्यो चाहि चिन्ताको कुरा हो ।

यदी कपाललाई प्राकृतिक तरीकाले हेरचाह गर्यौं भने कपाल झर्ने, कम उमेरमै कपाल फुल्ने, चाँया पर्ने जस्ता कुराबाट बच्न सकिन्छ । सहि तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला पुरुषलाई कपालको समस्या सताएको पाइन्छ ।

तपाईंको कपाल झर्ने र कपालको अन्य समस्यालाई रोक्न सक्छ ।

विभिन्न किसिमका रंग नलगाउने

आजभोलीका युवायुवतीहरुमा फेसनेवल र स्टाइलिस देखिनको लागि महिनैपिच्छे कपालमा फरकफरक रंग लगाउने ट्रेन्ड देख्न सकिन्छ । तर, तपाईं आफ्नो कपाल सुन्दर र स्वस्थ बनाउन चाहनुहुन्छ भने कपाललाई महिनामा धेरै पटक कलर नगर्नुहोस् ।

एक पटक कलर लगाएपछि २ देखि ३ महिनासम्मको अन्तर राख्नुहोस् किनभने तपाईंले जति कम केमिकल प्रयोग गर्नुहुन्छ त्यती कपालले प्राकृतिक स्वच्छता पाँउछ जसकारण तपार्इंको कपाल बलियो हुँदै जान्छ ।

स्ट्रेट गर्नाले कपाल खराब हुन्छ

अक्सर महिलाहरुले पार्लरमा एकै समयमा कपाललाई स्ट्रेटनिंग र कलरिंग ट्रिटमेन्ट गरीरहेको देख्न सकिन्छ तर तपाईं आफ्नो कपाल साँच्चै नै राम्रो होस भन्ने चाहनुहुन्छ भने यस्तो नगर्नुहोस् ।

कम्तिमा एक ट्रिटमेन्ट बाट अर्को ट्रिटमेन्ट गर्दा चार साताको फरक राख्नुहोस् र आफ्नो खानामा पनि भिटामिन एच ( अन्डाको सेतो भाग, केरा र हरियो सागपात ) पर्याप्त मात्रामा समावेश गर्नुहोस् । यसले तपाईंको कपालको प्रतिरोधक क्षमता बढाउँछ ।

कपाल सुके पछि मात्रै कोर्ने

अफिसको हतारले गर्दा धेरै मानिसले नुहाउना साथ काईयोले कोर्ने गर्नुहुन्छ तर, यो बानी राम्रो होइन । त्यसैले कपाल पुर्णरुपमासुकेपछी मात्र काईयो लगाउने गर्नुहोस् ।

लामो कपाल बाध्ने

यदि तपाईंको कपाल लामो छ भने त्यसलाई बाँधेर राख्नुहोस् । कपाललाई कसिलो बनाएर नबाध्नुहोस् । सुत्ने समयमा कपाललाई की त खुल्ला छोड्नुहोस् की हल्का बाध्नुहोस् । हेयरपिनहरुको धेरै उपयोग नगर्नुहोस् ।

नियमित कपाल काट्नुहोस्

सामान्यतया पुरुषले हरेक महिना कपाल काट्छन् भने स्त्रीले २÷३ महिनामा कपाल काट्ने वा ट्रिटमेन्ट गर्ने गर्छन् । कपाललाई राम्रो बनाउनको लागि नियमित कपाल काँटछाँट गर्ने गर्नुपर्छ ।

कपालको स्पा गर्नुहोस्

क्पालको स्पा गर्नु एउटा राम्रो विकल्प हो । यसले कपाललाई स्वस्थ र मजबूत बनाउछ । यदी कपाल लाई स्टे«टनिंग थेरापी अथवा केराटिन गरेको छ भने पावरडोज स्पाको आनन्द लिनुहोस् । ट्रिटमेन्ट आधा मात्र गरेको छ भने नर्मल हेयर स्पा पनि गर्न सकिन्छ ।

हेड रोलर्सको प्रयोग धेरै नगर्ने

कपाललाई कर्ली बनाउन रातभरी हेड रोलर्स राखेर नछोड्नुहोस् । तपाईं को कपाल मा त्यसको अधिकतम समय ३/४ घन्टा मात्र हुन्छ । धेरै समय राख्दा तपाईको कपाल रोलर्समा फसेर टुट्छ र कपाललाई कमजोर बनाउछ ।

नियमित व्यायाम

नियमित व्यायामले शरीरमा रक्त संचार बढ्छ र टाउकोसम्म अक्सिजन पर्याप्त मात्रा मा पुगेको हुन्छ जस्ले कपाल झर्न कम हुन्छ । स्वस्थ रहनको लागी दिनमा १५–३० मिनेट व्यायाम गर्नुपर्छ ।

त्यस्तै दिनमा आठ—दश गिलास पानी पिउनु पर्छ । यसले पाचन क्रिया मात्र राम्रो नभएर हाम्रो अनुहारलाई ताजा र कपाललाई पनि स्वस्थ बनाउछ ।

कपाल किन झर्छ ?

महिलाहरुको कपाल झर्ने समस्यालाई फिमेल प्याटर्न बाल्डनेस भनिन्छ भने पुरषको यस्तो समस्यालाई मेल प्याटर्न बाल्डनेस भनिन्छ । फिमेल प्याटर्न बाल्डनेस कपाल झर्ने आनुवंशिक समस्या हो जसमा कपाल क्रमिक रुपमा पातलो हुँदै जान्छ ।

त्यस्तै पुरुषमा तालु खूईलिनुको कारण अक्सर आनुवंशिक हुन्छ । त्यस्तै धेरै जसो मानिसमा भारी तनावको कारण पनि उनीहरुको धेरै कपाल झरेको पाइन्छ ।

यति मात्र नभएर आजकाल युवतीहरुले कपाल सुकाउनको लागि हेयर ड्रायरको मद्दत लिन्छन् यसले पनि धेरै कपाल झार्ने गर्छ । त्यस्तै कपाल कर्ली बनाउने ट्रिटमेन्ट, जंक फूडको सेवन र खानामा पोषणको कमी पनि कपाल झर्ने समस्याको कारण हुन सक्छ ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here