नेपाली पासपोर्ट कति शक्तिशाली ? मात्र ३३ मुलुकमा अनअराइभल भिसा

क्लाउडपत्रिका

काठमाडौं, १२ साउन । साउनहङकङमा लेबर काम गर्न गएर लुक्ने मात्र होइन, खेल प्रतियोगितामा भाग लिन गएका बेला यूरोप लुक्ने खेलाडी हुन या कार्यक्रममा भाग लिन गएर अमेरिका भाग्ने पत्रकार सबैले नेपालको छवि विदेशमा धमिल्याएका छन् । उनीहरुकै कारण नेपाली पासपोर्ट देख्नासाथ अध्यागमनका कर्मचारी एक पटक झस्किन्छन् र सोधखोज गर्न थाल्छन्, कहाँ जाने, कहाँ बस्ने, होटेल कुन हो, कहिले फर्कने, के उद्देश्यले आएको ? यस्ता तमाम प्रश्नको सामना आम नेपाली यात्रुले विदेशमा गर्नुपर्छ ।

हरियो पासपोर्ट देख्नासाथ अध्यागमनका कर्मचारीले एक पटक सोधपुछका लागि छुट्टै स्थानमा लैजाने अनुभव धेरै नेपालीले विदेश यात्राका क्रममा गरेका हुन्छन् । त्यसमा नेपालीलाई विदेशी मुलुकले हेर्ने दृष्टिकोण, त्यहाँको अर्थतन्त्रले प्रभाव पारेको हुन्छ । अझ भन्ने हो भने नेपालीले विदेशमा गर्ने व्यवहारले पनि यसमा ठूलो महत्व राख्छ ।

आर्टोन क्यापिटल हरेक वर्ष विश्वभरका पासपोर्टबाहक मुलुकका नागरिकलाई अन्य देशले दिने भिसा सुविधाका आधारमा ग्लोबल पासपोर्ट पावर वरियता सार्वजनिक गर्छ । २०१८ का लागि सार्वजनिक वर्गिकरण अनुसार नेपाली पासपोर्ट कमजोर पासपोर्टहरु मध्ये एक हो ।

कूल १९८ मुलुकको पासपोर्ट समेटेर निकालेको वर्गिकरणमा नेपाली पासपोर्ट वरियताको ८३ औं स्थानमा छ । कूल ९२ स्थानमा सबै मुलुक अटाएका छन् । त्यसकारण नेपाली पासपोर्ट बोक्दा घुमघाममा निस्केका नेपालीमाथि  विश्वका अधिकांश देशमा भिसा अनिवार्य छ सोही आधारमा सोधखोज पनि बढी छ ।

विदेश घुम्ने नेपालीलाई कति मुलुकमा कस्तो सुविधा 

फ्रिभिसा – १४ देश

अनअराइभल भिसा – ३३ देश

भिसा अनिवार्य – १५१ देश

नेपाली पासपोर्टबोक्नेलाई सजिलै भिसा दिने देश 

अजरबैजान : इ–भिसा

बंगलादेश :अनअराइभल भिसा

बेनिन : अनअराइभल इभिसा

बोलिभिया : अनअराइभल/इभिसा९ ० दिन

कम्बोडिया : इभिसा ३० दिन

केप भर्डी : अनअराइभल भिसा

डोमिनिका : फ्रि भिसा

इजिप्ट : अनअराइभल इभिसा

इथियोपिया : इभिसा

गाम्बिया : भिसा फ्रि

गिनी : अनअराइभल भिसा/इभिसा

हाइटी : भिसा फ्रि ९० दिन

भारत : भिसा फ्रि

इन्डोनेसिया : भिसा फ्रि

केन्या : इभिसा ९० दिन

लाओस : अनअराइभल भिसा

लेसोथो : इभिसा

मदागस्कार : अनअराइभल भिसा

मलेसिया : इभिसा ३० दिन

माल्दिभ्स : अनअराइभल भिसा

मौरिटानिया : अनअराइभल भिसा

मरिसस : अनअराइभल भिसा

माइक्रोनेसिया : फ्रि भिसा

मोजाम्बिक : अनअराइभल भिसा

म्यानमार : इभिसा २८ दिन

पाकिस्तान : फ्रि भिसा

पलाउ : अनअराइभल भिसा

प्यालेस्टाइन : फ्रि भिसा

फिलिपिन्स : फ्रि भिसा

कतार : इभिसा

रवाण्डा : अनअराइभल/इभिसा ३० दिन

समोआ : अनअराइभल भिसा

सेनेगल : फ्रि भिसा

सेशेल्स : टूरिष्ट रजिष्ट्रेसन

सिंगापुर : भिसा फ्रि

सोमालिया : अनअराइभल भिसा ३० दिन

श्रीलंका : अनअराइभल/इटीए (अनलाइन भिसा अप्लिकेशन)

सेन्ट विन्सेन्ट एण्ड ग्रेनाडिन्स : भिसा फ्रि

तान्जानिया : अनअराइभल भिसा

टिमोर–लेस्ते : अनअराइभल भिसा

टोगो : अनअराइभल  भिसा

तुवालु : अनअराइभल भिसा

युगाण्डा : अनअराइभल भिसा/इभिसा

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट 

सिंगापुर :  २७ मुलुकमा फ्रिभिसा, ३९ मुलुकमा अनअराइभल, ३२ मा मात्र भिसा अनिवार्य

विश्वको सबैभन्दा कमजोर पासपोर्ट 

अफगानिस्तान : ५ मुलुकमा फ्रिभिसा, २५ मुलुकमा अनअराइभल, १६८ देशमा भिसा अनिवार्य

सार्क मुलुकको अवस्था

माल्दिभ्स (५४) : फ्रिभिसा ४४, अनअराइभल भिसा ३८, भिसा अनिवार्य ११६

भारत (६९) : फ्रिभिसा २५, अनअराइभल भिसा ४०, भिसा अनिवार्य १३३

भूटान (७४) : फ्रिभिसा १७, अनअराइभल भिसा ४४, भिसा अनिवार्य १३७

नेपाल (८४) : फ्रिभिसा १४, अनअराइभल भिसा ३३, भिसा अनिवार्य १५१

श्रीलंका (८६) : फ्रिभिसा १७, अनअराइभल २८, भिसा अनिवार्य १५३

बंगलादेश (८७) : फ्रिभिसा १८, अनअराइभल २६, भिसा अनिवार्य १५४

पाकिस्तान (९१) : फ्रिभिसा ८, अनअराइभल २८, भिसा अनिवार्य १६२

अफगानिस्तान (९३) : फ्रिभिसा ५, अनअराइभल २५, भिसा अनिवार्य १६८

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here