हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सहमति,संचालक समितिले दियो स्वीकृत

फाइलफोटो

काठमाडौं, ५ पुस । मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ ।

हिमालयन बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले इन्भेष्मेन्टसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।

गत वैशाख ३० गते दुई बैंकबीच मर्जरको सहमति भएको थियो ।

मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी सहमति भएको झण्डै ९ महिनापछि हिमालयन बैंकले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो ।

हिमालयन बैंकले मर्जर प्रस्ताव पारित नगरेकै कारण राष्ट्र बैंकले नगद लाभांश वितरणमा रोक समेत लगाएको छ ।

प्रारम्भिक सम्झौता गरेको ८ महिना बिते पनि हिमालयन संचालक समितिले मर्जर प्रस्ताव स्वीकृत नगर्दा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

इन्भेष्टमेन्ट बैंकले भने यसअघि नै साधरण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । दुवै बैंकको साधरण सभाबाट प्रस्ताव पारित भएपछि नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिनेछ ।

हिमालयनका कारण मर्जर प्रक्रिया ढिलाइ भएपछि राष्ट्र बैंकले थप दुई पटक म्याद थपिदिएको छ । पछिल्लो समय मंसिर तेस्रो साता समय माग गर्दै मर्जर समिति राष्ट्र बैंक पुगेको थियो ।

मर्जरपछि उक्त बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा ठूलो हुनेछ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here