दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने विकास बैंकका लगानीकर्ता

काठमाडौं, ५ पुस । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १७.९३ अंकले घटेर २३८५.८१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३१ कम्पनीको २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये ११ वटाको परिसूचक राताम्मे भएका छन् भने २ वटा हरियो भएको छ । । धेरै गुमाउने विकास बैंकका लगानीकर्ता रहेका छन् ।

तीव्र उतारचढाव बीच बैंकिङ ७ होटल तथा पर्यटन ४५, निर्जीवन बीमा १७०, विकास बैक ९२, जलविद्युत ५२, अन्य समूह ३८, जीवन बीमा १०६ अंकले घटेको छ ।

माइक्रोफाइनान्स ६ र उत्पादन समूह १९४ अंकले बढेको छ । दोहोरो अंकले घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ ।

गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ । हिमालयन डिष्ट्रिलरीको १८ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here