न्यून चापीय प्रणालीको प्रभाव: आगामी तीनदिन यी क्षेत्रमा बदली र हिमपातको सम्भावना

काठमाडौं, ६ पुस । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मोसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस ६ गते (मंगलबार)

दिउँसो : पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ ,बाग्मती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

पुस ७ गते (बुधबार)

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

पुस ८ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका भूभागहरुममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here