स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, ६ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ११०० रुपैयाँ ८४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १३१० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो संस्थाको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ स्वावलम्बन लघुवित्तले आज मंसिर ६ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो पुस ५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

संस्थाले गत आर्थिक वर्षका लागि कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १९ प्रतिशत बोनस सेयर ६ प्रतिशत नगद लाभांश ९करसहित० छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here