करियर पोइन्ट एजुकेशन आयोजनामा ‘तेस्रो करियर फेस्ट’ कार्यक्रम शुरु

काठमाडौं । करियर पोइन्ट एजुकेशन प्राइभेट लिमिटेडले ‘तेस्रो करियर फेस्ट’ को आयोजना गरेको छ ।

करियर पोइन्ट एजुकेसनको आयोजनामा मंगलबार राष्ट्रिय सभा गृहमा मंगलबार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म ‘करियर फेस्ट’ को कार्यक्रम शुरु भएको हो ।

प्रत्येक बर्ष करियर फेस्ट आयोजना गर्दै आएको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले यस बर्ष पनि कार्यक्रम गरेबको हो । वार्षिकरुपमा आयोजना हुँदै आएको करियर फेस्ट कार्यक्रमको पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको मुख्य उद्देश्य नेपाल भित्रै उच्च शिक्षा अध्ययनको संस्कृतिलाई बढावा दिन रहेको करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक बिशाल केशीले जानकारी दिए ।

पछिल्लो समय नेपालमा पनि अन्तराष्ट्रिय स्तरको शिक्षाको विकास भएकाले शिक्षाको लागि नै विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य रहेको केसीले बताए । करियर फेस्ट कार्यक्रमले कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुलाई कलेज छनोटमा सहयोग पुग्ने विश्वास उनले गरेका छन् ।

भोलि हुने कार्यक्रममा २५ भन्दा बढी कलेज र कर्पाेरेट हाउसले आफ्नो सुविधाहरुको बारेमा जानकारी गराउने छन् । जसले विद्यार्थीहरूलाई पाठ्यक्रमको बारेमा जान्न र बुझ्न मद्दत गर्नेछ । साथै, तुलनात्मक रूपमा धेरै कलेजहरु भ्रमण गर्ने समयलाई पनि कम गराउने छ ।

तेस्रो करियर फेस्टमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, हास्य कलाकार सुबोध गौतम, गायक अल्मोडा राणा उप्रेती, र अन्य कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा ५ हजार विद्यार्थीहरुको उपस्थित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here