निमावि तहमा २५९८ शिक्षकको जागिर खुल्यो, कुन विषयमा कति शिक्षक माग ?

काठमाडौं, ७ पुस । २५९८ जना शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन खुलेको थियो ।

इच्छुक उम्मेदवारले माघ ६ गतेसम्म तोकिएको दस्तुर र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here