दैनिक हराउँछ २६ वटा मोबाइल, भेटिने सम्भावना किन कम ?

अर्जुन न्यौपाने

काठमाडौं, ७ पुस । काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीमा उजुरी परेको तथ्यांक अनुसार देशभर दैनिक २६ वटा मोबाइल फोन चोरी हुने वा हराउने गरेको पाइएको हो ।

चालू आर्थिक २०७७/०७८ मा प्रहरीमा ९ हजार ४ सय ६४ मोबाइल हराएका उजुरी दर्ता भएका छन्।

वर्षभर दर्ता भएका उजुरीमा भेटिएका संख्या भने न्यून रहेको देखिन्छ । प्रहरीमा भएका ९ हजार ४ सय ६४ उजुरीमा जम्मा १ हजार १ सय २१ मोबाइल फेला परेको छ ।

बाँकी ८ हजार ७ सय ६८ वटाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

१० प्रतिशत मात्रै फेला पर्छन्

आर्थिक वर्ष २०७७/ ०७८ को तथ्यांक अनुसार हराएका मध्ये १० प्रतिशत मात्रै मोबाइल फोनहरु फेला पर्ने गरेका छन् । अन्य फोनहरुको पनि खोजी कार्य भईरहेको पनि प्रहरीले बताएको छ ।

मोबाइल हराउनेमध्ये धेरैले चोरी भएको उजुरी गर्छन् । उनीहरुको लुटपाट हुने, चोरी, पाकेटमारी भएको उजुरी पर्ने गरेको छ । विशेषगरी मोबाइल फोन सजिलै बेच्न सकिने भएकाले पनि चोरहरुले फोन चोरी गर्ने गर्छन् ।

धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै मोबाइल फोन हराउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आजभोली मानिसहरुले महंगा स्मार्टफोन फोन हातमा बोकेर हिँड्ने गर्छन् तर, उनीहरुले सावधानी भने अपनाउँदैनन् । धेरैले गाडी, ट्याक्सी, रेस्टुरेन्ट लगायतका स्थानहरुमा छाडेरै हिँड्छन् । केहिले फिर्ता गर्छन्, तर केहिले लुकाएर आफै चलाउने वा बेचिदिने गर्छन् ।

फाइन्ड माई फोन अप्सन अन भएका फोन पत्ता लाग्ने सम्भावना बढी

प्रहरीको अनुसार मोबाइलमा भएको फाइन्ड माई फोन अप्सन अन गरेका फोनहरु चोरी भएपछि पनि सजिलै पत्ता लाग्छ ।

मोबाइल कुन समयमा हराउछ थाहै हुँदैन, त्यसकारण हराएपछि फेला पार्न सजिलो बनाउनको लागि मोबाइलमा आएको फाइन्ड माई फोन अप्सनलाई अन गरेर राख्नुपर्छ । यसले मोबाइलको लोकेशन देखाउने भएको कारण सजिलै पत्ता लगाउन सकिने प्रहरीले जनाएको छ ।

अन्य फोनको तुलनामा एप्पलका आइफोनहरु पत्ता लाग्ने संख्या धेरै छ । यसमा विभिन्न प्रकारका सुविधाहरु हुने भएको कारण छिटो पत्ता लाग्ने प्रहरीले बताएको छ ।

कुनै प्रयोगकर्ताको मोबाइल हराएपछि प्रहरी कार्यालयमा रिपोर्ट गर्दा प्रहरीले आइएमइआई नम्बरमार्फत यसको खोजी गर्छ।

यदि कुनै मोबाइल हराएको खण्डमा अन्यले त्यसमा सिम राखेर प्रयोग गर्दा मात्र भेटिने प्रहरी बताउँछ ।

यदि कसलै अरुको मोबाइल चोरेर त्यसमा अन्य सिम प्रयोग भए त्यस्ता मोबाइल सजिलै भेटिन्छन् तर त्यस मोबाइलमा चिप तथा अन्य पार्टपुर्जा निकालेर बेचेमा भने भेटिने सम्भावना नरहने महानगरीय प्रहरी प्रवक्ता सुशील सिंह राठौर बताउँछन् ।

कुन महिनामा कति फोन हराए ?

साउन

साउन महिनामा ६ सय ५८ वटा मोबाइल हराएको निवेदन प्रहरीकोमा दर्ता भएको थियो । जसमा १ सय २० वटा फेला परे भने ५ सय ३८ वटाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

भदौ

त्यस्तै भदौ महिनामा १ सय ९६ वटा मोबाइल फोन हराएको वा चोरीको निवेदन दर्ता भएको महाशाखाले जनाएको छ ।

जसमा ३१ वटा मोबाइल फोन फेला परिसकेको र बाँकी १ हजार ६५ वटा मोबाइलको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

असोज

८ सय ८४ वटा मोबाइल फोन हराएको निवेदन असोज महिनामा परेको थियो । जसमा १ सय ५६ वटा मोवाइल फेला परे भने ७ सय २८ मोबाइल फोनको खोजी कार्यको भईरहेको प्रहरीले जनाएको छ ।

कात्तिक

कात्तिक महिनामा ७ सय १२ वटा फोन हराएको निवेदन प्रहरीमा दर्ता भएको थियो । जसमा ९९ वटा मोबाइल फेला पारी धनीलाई बुझाइएको र बाँकी ६ सय १३ वटा मोबाईल फोनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मंसिर

मंसिर महिनामा १ हजार ४५ वटा मोबाइल फोन हराएको निवेदन प्रहरीकोमा दर्ता भएको जसमा १ सय ६० वटा मात्रै मोबाइल फोन फेला पर्यो । साथै, ८ सय ८५ वटा मोबाइल फोनको खोजी कार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

पुस

पुस महिनामा १२ सय ३५ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये १ सय ४२ वटा फेला परेको र बाँकी १ हजार ९३ वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

माघ

माघ महिनामा १२ सय २१ वटा मोबाइल फोन हराएको निवेदन परेको थियो । जसमध्ये १ सय ८ वटा फोन मात्रै फेला परे । त्यस्तै, ११ सय १३ वटा फोनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

फागुन

पुस महिनामा १२ सय ७६ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये १ सय १२ वटा फेला परेको र बाँकी १ हजार १६४ वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

चैत

चैत महिनामा १४ सय ६३ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये १ सय ३७ वटा फेला परेको र बाँकी १ हजार ३२६ वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

बैशाख

बैशाख महिनामा ५३१ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये४१ वटा फेला परेको र बाँकी ४९० वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

जेठ

जेठ महिनामा २३४ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये ४ वटा फेला परेको र बाँकी २३९ वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

असार

असार महिनामा ४४५ वटा मोबाइल हराएको निवेदन परेको थियो । ती मध्ये ११ वटा फेला परेको र बाँकी ४१४ वटा मोबाइल फोनको खोजीकार्य भईरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here