एमाले सांसदको नाराबाजीकाबीच चार अध्यादेश स्वीकृत

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । अवरोधकाबीच अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

अध्यादेश स्वीकृत भएसँगै प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ ।

बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैं पार्टी फुटाउने षड्यन्त्रमा लागेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here