नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ संक्रमण पुष्टी

काठमाडौं, ७ पुस । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा थप एक जनामा पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको थियो। नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा देखिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here