काठमाडौं, ८ पुस । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
बैंकले लाभांश पारित गर्नका लागि पुस २९ गते बिहिबार आफ्नै केन्द्रिय कार्यालयमा साधारणसभा आह्वान गरेको छ ।