मञ्जुश्रीको बुक क्लोज मिति तय, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ४६ प्रतिशत लाभांश

काठमाडौं, ८ पुस । ४६ प्रतिशत लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्सले बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा निर्णय गरेसँगै पुस १५ गते बुक क्लोज मिति तोकेको हो ।

साधारण सभा प्रयोजनका लागि १५ गते बुक क्लोज मिति तोकेसँगै पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभामा आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले ३८ करोड ६१ लाख ५७ हजार ९५६ रुपैयाँ बोनस बराबरको सेयर र ५ करोड ७९ लाख २३ हजार रुपैयाँ नगद लाभांश दिन लागेको हो ।

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीहरुले पाउनेछन्।

हाल ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी १ अर्ब ३५ १५ लाख ५२ हजार ८४९ रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here