बैंक तथा वित्तीय संस्थाहरुले यी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने

काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई महिना सकिएको सात दिन भित्र कारोबार विवरण निर्देशन दिएको छ ।

केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८, अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालनमा आएको ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

यस्तै, शाखा रहित बैंकिङ्ग केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।

त्यस्तै भुक्तानी प्रणाली सञ्चालकको कारोबारसम्बन्धी विवरण, सफल र असफल कारोबार विवरण, एजेन्टसम्बन्धी कारोबारको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबारसम्बन्धी विवरण र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरण पनि मासिक रुपमा अर्को महिनाको ७ गतेभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

अनुमतिप्राप्त संस्थाहरुले यस्ता विवरण रिपोर्टिङ पोर्टल/सुपरभाइजर इन्फोर्मेसन सिस्टम (एसआईएस) मार्फत राष्ट्र बैंकमा पठाउनुपर्नेछ।

यसैगरी ग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरण पनि महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ । यस्तो व्यवस्था यसअघि महिना दिन भित्र बुझाए हुने व्यवस्था रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here