नेप्सेले १६६.६७ प्रतिशत लाभांश दिने, बोनस सेयर र नगद कति ?

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो सेयरधनीलाई १६६.६७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि समेत १०० प्रतिशत नगद लाभांश गरि कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रहेको छ ।

नेप्सेको ४० औँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ। प्रस्तावित लाभांश नियामक निकायको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here