निर्यात कमजोर हुँदा ५ महिनामै व्यापार घाटा ७ खर्ब ३५ अर्ब नाघ्यो

काठमाडौं, ८ पुस । आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपालको व्यापार घाटा बढेको छ ।

आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ पुगेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु. ८ खर्ब ३८ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा झण्डै ६० प्रतिशत धेरै हो।

आयात गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ५९.५५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा नेपालले आयातमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको थियो।

यसैगरी चालु आवको ५ महिनामै नेपालको वैदेशिक व्यापार पनि ६३.५५ प्रतिशतले बढेको छ।

चालु आवको ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार ९ अर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको पुगेको छ।

गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ अर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here