मध्य भोटेकोशीको सेयर आइतवारदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं, ८ पुस । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

विहीवार कम्पनीको ६ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

जसमा सर्वसाधारणको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ६० लाख कित्ता, कर्मचारी सञ्चकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र संस्थापकहरुको ३ करोड ६ लाख कित्ता रहेको छ।

यससँगै सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएको छ।

पहिलो कारोबारका लागि यो कम्पनीलाई नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार आउनेछ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MBJC सिम्बाेल प्राप्त गरेकाे छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट असाेज २५ गते, साेमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here