दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउने निर्जीवन बीमा कम्पनीका लगानीकर्ता

काठमाडौं, ८ पुस । शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बुधवार ९२ अंकले बढेको नेप्से साताको कारोबारको अन्तिम दिन १२ अंकले बढेको छ ।

बिहीवार नेप्से १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको ८३ लाख २३ हजार ९२३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १० वटा समूह बढेका छन् भने ३ वटा राताम्मे भएको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक मात्रै ३.५६ प्रतिशतले सुधार भएको छ । अन्य सूचकहरु सुधार हुँदा विकास बैंक, हाइड्रोपावर र फाइनान्सको सूचकमा भने गिरावट आएको छ ।

बैंकिङ ३, ब्यापार ५, होटल तथा पर्यटन १९, निर्जीवन बीमा ३८१, उत्पादन ६४, अन्य १७, माइक्रोफाइनान्स ४७ र जीवन बीमा उपसमूह २०२ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक ४९, जलविद्युत १९ र फाइनान्स उपसमूह ४२ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।

वरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् ।

त्यस्तै, नारायणी विकास बैंक ८.८७, नेको इन्स्योरेन्स ८.०२, शिवम् सिमेन्ट ६.२२, एनएलजी इन्स्योरेन्स ५.४२, नेपाल इन्स्योरेन्स, एनएमबी माइक्रोफाइनान्स, सानिमा जनरल इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त र रिलायन्स इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ६.७४ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here