५ सयको नयाँ नोट बजारमा, यसरी चिन्नुहोस सक्कली

फाइल तस्विर

काठमाडौं, ९ पुस । नेपाल राष्ट्र बैंकले शुक्रवारदेखि नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ ।

मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीद्वारा हस्ताक्षरित नोट बजारमा आएको जनाएको हो । नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ ।

नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७७ लेखिएको छ ।

यस्तै सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र छ ।

साथै लालीगुराँसको पानी छापको बायाँतर्फ दृष्टिविहीनले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि छन् ।

नोटको पछाडितर्फको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०२० एडी लेखिएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

साविककै आकार तथा रङ्गमा, सङ्केत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञासहितको नोट चलनचल्तीमा ल्याएको हो ।

यसअघि २०७५, बैशाख १२ गतेदेखि रु.५०० दरका संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनि सूचना प्रकाशित गरिएपनि बैंकले सङ्केत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र नोट चलनचल्तीमा ल्याएको थियो । सोही कोटाको बाँकी नोट गर्भनर अधिकारीको हस्ताक्षरसहित बजारमा ल्याइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here