राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं, ९ पुस । राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शर्मा जानकारी दिए ।

शर्मा यसअघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।

त्यस्तै मन्त्री कार्कीकाअनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here