तालिबानको ६० प्रतिशत आम्दानी अफिमबाट, विश्वमा ८७ प्रतिशत प्रयोगकर्ता

काठमाडौं, ९ पुस । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्तानको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ ।

संयुक्त राष्ट्रसंघको औषधि तथा अपराध कार्यालय (यूएनओडीसी) का अनुसार अफगानिस्तान अफिमको सबैभन्दा ठूलो उत्पादक देश हो । विश्वभर उत्पादन हुने कुल अफिमको ८० प्रतिशत उत्पादन अफगानिस्तानमा मात्रै हुन्छ ।

सन् २०१८ मा यूएनओडीसीले गरेको अनुमान अनुसार अफगानिस्तानको कुल अर्थतन्त्रको ११ प्रतिशत हिस्सा अफिम उत्पादनको थियो ।

अफगानिस्तान सरकारका तर्फबाट नियन्त्रित खेती गर्नुका बाबजुद अधिकांश अफिम उत्पादन तालिबान नियन्त्रित इलाकामा भएको थियो । उदाहरणका लागि हेल्मन्ड तालिबान नियन्त्रित क्षेत्र हो र यहाँ सन् २०२० सम्म पनि अफिम उत्पादन ठूलो मात्रामा भइरहेको छ ।

अफिमको आम्दानी

अफगानिस्तानमा अफिमको खेती रोजगारीको एउटा प्रमुख क्षेत्र हो । यूएनओडीसीको अफगानिस्तानको अफिम सर्वेक्षणअनुसार करिब १ लाख २० हजार मानिस यसमा निर्भर छन् ।

अमेरिकी विदेश विभागका अनुसार तालिबानलाई अफिममा कर लगाएबापत आम्दानी हुन्छ । यसका साथै गैरकानुनी रुपमा अफिम राख्ने र तस्करी गर्नेबाट पनि अप्रत्यक्ष रुपमा आम्दानी हुन्छ । अफिम उत्पादन गर्ने किसानमाथि १० प्रतिशत कर लगाइन्छ ।

अफिमबाट हेरोइन बनाउने प्रोसेसिङ ल्याबबाट पनि कर असुल गरिन्छ र यसका कारोबारीले पनि कर तिर्छन् । गैरकानुनी ढंगले लागूऔषधको कारोबारबाट तालिबानले १ सय देखि ४ सय मिलियन डलरसम्म बर्सेनि आम्दानी गर्छ । एक अमेरिकी रिपार्ट अनुसार तालिबानको वार्षिक आम्दानीको ६० प्रतिशत लागुऔषधको कारोबारबाट आउने गर्छ।

लागुऔषधको प्रयोग कहाँ हुन्छ ?

अफगानिस्तानमा हुने अफिमबाट जुन हेरोइन बनाइन्छ त्यसको ९५ प्रतिशत हिस्साको प्रयोग युरोपमा हुन्छ। अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हुने हेरोइन आपूर्तिको एक प्रतिशत अफगानिस्तानबाट जान्छ । अमेरिकामा हुने लागुऔषधको अधिकांश हिस्सा मेक्सिकोबाट जान्छ ।

सन् २०१७ देखि २०२० को बीचमा ९० प्रतिशत भन्दा बढी नशालु पदार्थको तस्करी सडकमार्गबाट भएको थियो । पछिल्लो समयमा भने हिन्द महासागर र युरोपको बीचको समुद्री मार्गबाट धेरै लागुऔषध तस्करी हुने गरेको छ ।

अफिम खेती, उत्पादन र नियन्त्रण गर्ने घटनालाई हेर्ने हो भने पछिल्लो दशमा अफगानिस्तानमा यसको उत्पादन लगातार बढिरहेको छ । अमेरिकी वाचडग स्पेशन इन्पेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सनका अनुसार २००८ मा अहिलेसम्म जुन अफिम नियन्त्रण भएको छ, त्यो सन् २०१९ मा एक वर्षमा भएको एक वर्षको उत्पादनको ८ प्रतिशत हिस्सा मात्रै हो ।

अफिमबाट तालिबान आय

अफगानिस्तानमा अफिम खेती रोजगार को सबैभन्दा महत्वपूर्ण स्रोत हो । यूएनओडीसीले अफगानिस्तानमा गरेको सर्वेक्षणको नतिजा अनुसार करिब एक लाख २० हजार मानिसहरु यसमा निर्भर थिए ।

अमेरिकी विदेश विभागका अनुसार तालिबानले अफीम किसानबाट कर लगाएर पैसा कमाईरहेका छन् । अफिम खेती गर्ने किसानबाट तालिबानले १० प्रतिशत कर लिने दाबी विभागले गरेको छ ।

अफीमबाट हेरोइन बनाउने प्रसंस्करण प्रयोगशालाबाट पनि तालिबानले कर संकलन गर्छन् जसमा व्यापारीहरुले पनि कर तिर्दै आएका छन् । एक अनुमान अनुसार तालिबानले यस अवैध लागुऔषध व्यापारबाट वार्षिक आय १०० देखि ४०० मिलियन डलर कमाउदै आएका छन् । जसलाई नेपालीमा रुपान्तरण गर्दा झण्डै ५० अर्ब रुपैयाँ हुन आउछ ।

अफगान पुनर्निर्माणका लागि त्यहाँ पुगेका अमेरिकी प्रहरीको विशेष महानिरीक्षकका अनुसार तालिबानको वार्षिक ६० प्रतिशत आम्दानी अवैध लागुऔषधको व्यापारबाट हुने गरेको छ ।

-बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here