यी हुन् धेरै आयात भएका १० वस्तु, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ

काठमाडौं, ९ पुस । चालू आर्थिक वषको पाँच महिना (साउन-मंसिर) सम्म व्यापार घाटा ७ खर्ब रुपैयाँ पुगेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ।

यसरी बढीरहेको खाडलको कारण मुलुकको चालु खाता घाटामा गइरहेको छ भने अर्कोतिर विदेशी मुद्राको संचितीमा पनि यसले खसर पारिरहेको छ।

विभागका अनुसार चालु आवको पाँच महिनामा कुल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ ।

सोमध्ये भारतबाट मात्रै ५ खर्ब ३९ करोड रुपैयाँको सामान आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

भारत पछि ठूलो मात्रामा चीनबाट वस्तु आयात भएको छ । चीनबाट १ खर्ब २२ अर्ब रुपैयाँको सामान आयात भएको छ । यसैगरी इन्डोनेिसयाबाट २९ अर्ब, अर्जेन्टिनाबाट २४ अर्ब, यूएईबाट २३ अर्ब र अमेरिकाबाट १८ अर्ब रुपैयाँको सामान आयात भएको छ ।

चालु आव सबैभन्दा धेरै डिजेल आयात भएको छ । मंसिर मसान्त सम्ममा ४९ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको हो । त्यस्तै, दोस्रो धेरै आयात हुने वस्तुमा पेट्रोल रहेको छ । उक्त अवधिमा २४ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात भएको विभागले जनाएको छ ।

त्यसैगरी, धेरै आयात हुने वस्तुहरुमा क्रमशः सोयाबिन तेल र एलपी ग्यास २३/२३ अर्ब, फलामजन्य वस्तु २२ अर्ब, पाम आयल २० अर्ब, सुन र मोबाइल १३/र१३ अर्ब रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here