मन्दिर दर्शन गर्न जानेहरुको पकेट मार्न गेष्ट हाउसमै बास

काठमाडौं, ११ पुस । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार धन्धा गरिरहेका एक महिलासहित दुई जना प्रहरीको फन्दामा परेका छन् ।

शनिबार प्रहरीले २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु भारतीय नागरिक हुन् ।

अझ रोचक विवरण उनीहरु गेष्ट हाउसमा बस्थे र पकेटमार काममा संलग्न थिए । उनीहरुले यसअघि मनकामना र पोखरामा समेत यस्तै गरि धन्धा चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरु बस्ने गरेको जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसबाट आइफोनसहित विभिन्न ब्राण्डका मोवाइल र नगद समेत बरामद गरेको छ ।

उनीहरुलाई थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ । खासगरी भीडभाड हुने स्थानमा जाँदा आफ्नो सामानको सुरक्षामा विशेष ख्याल गर्नुपर्ने सन्देश यो पक्राउबाट दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here