राजनीतिक खिचातानीकाबीच भारत र चीनबीच १ खर्ब डलरको व्यापार, भारतको व्यापार घाटा उच्च

PHOTO: PRESS INFORMATION BUREAU HANDOUT/SHUTTERSTOCK

नयाँ दिल्ली । भारत र चीनबीच राजनीतिक खिचातानी सधै तनावपूर्ण रहन्छ । तर, व्यापारमा चीनले भारतलाई निकै पछाडी राख्ने गरेको पाइएको छ । चीन र भारतबीच ११ महिना (जनवरीदेखि नोभेम्बर २०२१) अवधिमा १ सय अर्ब डलरको व्यापार भएको छ ।

व्यापारको यो आंकडा ऐतिहासिक विन्दुमा पुगेको भारतीय संचारमाध्यमले लेखेका छन् । यसमध्ये भारत उच्च व्यापार घाटामा छ । समाचार एजेन्सी पिटीआईले लेखे अनुसार आजभन्दा २० वर्ष अगाडी चीन र भारतबीच मुस्किलले वार्षिक १ अर्ब डलरको मात्र व्यापार हुन्थ्यो ।

पछिल्लो तथ्यांक अनुसार चीन र भारतबीच ११४.२६ अर्ब डलर बराबरको व्यापार भएको छ । यो व्यापारको हिस्सामध्ये भारत ६१.५४ अर्ब डलरको व्यापार घाटामा छ । चीनको व्यापार भने भारतसँग समेत नाफामा छ । भारतको चीनसँगको व्यापार घाटा यो वर्ष ५३.४९ प्रतिशतले बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here