फेसियल हाउसले मनायो १४ औं बार्षिक उत्सव

काठमाडौं, ११ पुस । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुषमा महराको फेसियल हाउसले स्थापनाको १४ औं बार्षिक उत्सव मनाएको छ।

काठमाडौं मलको चौथों तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोेत्सव कार्यक्रम मनाएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पुजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच लगायतको सहभागिता रहेको थियो ।

उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए । कार्यक्रममा बोल्दै , व्यवसायी भवानी राणाले सुष्मा महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ बर्षदेखि अगाडि बढिरहेकोे बताइन् ।

कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै संस्थाकी प्रबन्ध निर्देशक सुस्मा महराले कोभिड पस्चात महिला दिदी बहिनीलाई व्यवसाय संचालन गर्न असहज भैरहेको उल्लेख गर्दै राज्यले सेवा सुविधा दिनु पर्ने माग राखिन। कार्यक्रम माझ फेसियल हाउसबाट सौन्दर्य कला तालिम लिने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

उनका अनुसार, काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् ।

फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्–‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’

बजारमा ब्युटी पार्लरकोे प्रतिस्पर्धा बढ्दै गएपनि आफूहरुले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाई छ । नेपालकै नम्बर १ ब्यूटी पार्लरकोे अवार्ड समेत जितेकोे योे हाउसबाट पैसा कमाउन भन्दा पनि यसलाई निरन्तरता दिन सकेको खण्डमा आफू सफल हुने उनको भनाई थियोे ।

२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।

टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here