ट्राफिक कारवाही मार्फत संकलन राजस्व ६३ प्रतिशत वृद्धि, मास्क नलगाई हिँड्नेबाट ८ लाख उठ्यो

काठमाडौं, १३ पुस । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्रफिक कारवाही मार्फत ५७ करोड ६० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा ट्राफिक कारवाहीबाट ३५ करोड १९ लाख २० लाख ७ सय रुपैयाँ संकलन भएको थियो ।

महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, लेन अनुशासन कायम नराख्नेलगायत कारवाहीबाट राजश्व संकलन गरेको हो ।

ट्राफिकले सवारी साधनलाई बढी कारवाही गरेर कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्ने उदेश्य नभई चालकहरुलाई सुधार गरी कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने नियतले मात्र कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमण रोकथामको लागि भन्दै प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारबाही समेत गरेको थियो।

तर संक्रमणदर कम र लकडाउन हटेपछि कारबाही पनि रोकिएको छ। पाँच महिनाको अवधिमा ८ लाख १६ हजार ५ सय रुपैयाँ सङ्कलन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here