‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ सञ्चालन, कति छ शूल्क ?

काठमाडौं, १३ पुस । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ ।

कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवा तर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको छ ।

प्रतिव्यक्ति ३ हजार ५ सय रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत छुट दिइने बताइएको छ ।

गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ ।

विश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

‘द क्लिफ’मा नयाँ पारिवारिक पिङ सञ्चालन, कति छ शूल्क ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here