काठमाडौं, १३ पुस । दक्षिण एसियामा बलियो अर्थतन्त्र मानिने श्रीलंकालाई आर्थिक संकट परेको छ ।
खाद्यान्नको कमी, मुद्रा अवमूल्यन र विदेशी मुद्राको सञ्चिति अभाव जस्ता विषयले अहिले संकट सिधा अगाडि देखिएको हो। श्रीलंकको मुख्य ऋणदाता चीन हो ।
श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ‚ जुन कोभिड महामारीले नराम्ररी प्रभावित भएको छ।
आर्थिक संकटमा फसेपछि श्रीलंकाले आफ्ना तीनवटा विदेशी कूटनीतिक नियोग बन्द गर्ने घोषणा गरेको छ। लगातार घट्दै गएको विदेशी मुद्रा सञ्चिति बचाउन श्रीलंकाले यो कदम चालेको हो।
देशको केन्द्रीय बैंकले अत्यावश्यक आयातका लागि आवश्यक पर्ने डलरलाई नियन्त्रण गर्न जोड दिएको छ।
विदेश मन्त्रालयले नाइजेरियामा रहेको श्रीलंकाली उच्चायोग (दूतावास) का साथै जर्मनी र साइप्रसका वाणिज्य दूतावासहरू जनवरी १ तारिखदेखि बन्द गर्ने बताएको छ।
त्यसमा अन्तरनिहीत रहेको विदेशी ऋणलाई सरकार कारणका रुपमा प्रस्तुत गर्न चाहिरहेको देखिँदैन। जसरी विदेशी मुद्राको आपूर्तिमा कमि आइरहेको छ, त्यसमा विदेशी मुद्रा खरिदका लागि लगाउनुपर्ने मूल्य बढिरहेको छ।
श्रीलंकाको केन्द्रीय बैंकले स्वदेशीलाई विदेशी मुद्रामा प्रतिबन्ध लगाएको छ।























