१३ हजारभन्दा धेरै प्रावि शिक्षकका लागि जागिर खुल्यो, कुन जिल्लामा कति माग ? (सूचनासहित)

काठमाडौं, १४ पुस । शिक्षक सेवा आयोगले देशभर १३ हजार ९३ प्राथमिक शिक्षक माग गरेको छ ।

आयोगले सूचना जारी गर्दै सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत समेत फारम भर्न सक्नेछन् ।

सूचना अनुसार इच्छुक आवेदकहरुले आजदेखि माघ १३ गतेसम्म आवेदन दिन सक्छन् । यसैगरि डबलदस्तुर तिरेर माघ २० गतेसम्म पनि आवेदन दिन सक्छन् ।

आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here